भक्तपुरमा महिलाको दिउँसै घाँटी रेटेर हत्या

ए वान डेस्क
१५ असार २०७६, आईतवार १६:३७

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको पछाडि आइतबार दिउँसो एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ ।

ज्वाइँको घरमा बस्दै आएकी ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सवीन प्रधानले जानकारी दिए।

ज्वाइँ सोनाम थापा मगरको नयाँ बनेको ढेडतले घरमा बस्दै आएकी भट्टराईको हत्या भएको हो । प्रहरी उपरीक्षक प्रधानले प्रारम्भिक अनुसन्धानमा घरमा कोही नभएको अवस्थामा बिहान करीब १०ः३० बजेपछि मोटरसाइकलमा आएका तीन युवा घरभित्र पसेर हत्या गरेको देखिन्छ भने ।

प्रहरीले घटनाको दिउँसो १ बजे मात्रै जानकारी पाएपछि प्रहरी परिसर भक्तपुर, अपराध अनुसन्धान महाशाखाको टोलीले घटनास्थलको अनुसन्धान गर्दै मुचुल्का उठाउने काम गरेको उनले जानकारी दिए ।

कोठाभित्रै गएर हत्या भएको जानकारी दिँदै उनले हत्यामा संलग्नको खोजी भइरहेकोे बताए । – रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*