धोनीकै कारण हारेको हो त भारत ?
विश्वकप क्रिकेटअन्तर्गत आइतबारको खेलमा इङ्ल्यान्डसँग भारत ३१ रनले हार्न पुग्यो । ३३८ रनको लक्ष्य पछ्याउन रोहित शर्मा र केएल राहु ओपनिङमा आएका थिए । केही ओभरमै भारतलाई लाग्न थाल्यो कि आज इङ्ल्यान्डलाई जित्न मुस्किल छ । इङ्ल्यान्डको ब्याटिङ सुरुबाट नै आक्रामक किसिमको थियो । इङ्ल्यान्डले ३३८ रनको लक्ष्य दिएपनि भारतको सुरुवात भने निकै नै कमजोर थियो । त्यति ठूलो लक्ष्य पछ्याउनको लागि भारतले दमदार खेल्नुपथ्र्यो । पाँच ओभरमै भारतले आफ्नो लक्ष्यलाई विशाल पहाड देख्यो ।
भारतले इङ्ल्यान्डको पछि लागेपनि जित हात पार्न सकेन । हारको कारण भने पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई लगाइएको छ । धोनीको आलोचना भारतमा भन्दा पनि पाकिस्तानमा धेरै भएको छ । पाकिस्तानमा धोनी ट्विटरको टप ट्रेन्डमा परेका छन् ।
इङ्ल्यान्ड क्रिकेट टिमका पूर्व कप्तान नासिर हुसेनले कमेन्ट्रीमा धोनी तिमी के गर्दैछौ ? प्रयास गर धोनी प्रयास भन्दै चिच्याउँदै थिए ।
हुसेनको कुरामा पूूर्वभारतीय कप्तान सौरभ गांगुली पनि सहमत भए । केही ओभरमा कुनै पनि कुराको निर्धारण गर्न सकिँदैन । तर हुसेन र गांगुलीले यो भुले कि पाँच ओभरमा ३३८ रनलाई पछ्याउन सकिँदैन ।
भारतले सुरुवाती १० ओभरमा जम्मा २८ रन बनायो । अन्तिम पाँच ओभरमा केदार जाधव र धोनी महजले तीन चौका र एक छक्का हाने र २० रन हात पारे । यसका साथै ६ बलमा एक रन पनि बनेन । भारतको सुरुवाती १० ओभर र अन्तिमको पाँच ओभरको खेल हेर्दा यस्तो लाग्छ कि भारत जित्नको लागि खेलेको छैन ।
भारतको पहिलो पावरप्ले निकै नै कमजोर थियो । रोहित शर्मा जुन खेलमा पनि सबैभन्दा पहिले पिचमा जान चाहन्छन् । यस खेलमा पनि उनी नै देखिए । ३३८ रनको लक्ष्य पछ्याउनु सानो कुरा त होइन तर भारतको सुरुवाती निकै नै कमजोर थियो ।
दोस्रो ओभरमा रोहित शर्माको बल रुटले हातबाट फुत्काएबाट रोहित शर्मा भाग्यशाली ठहरिए । भारतले आफ्नो हारको पटकथा पहिले नै लेखिसकेको थियो । पहिलो १० ओभरको ४२ बलमा पाँच चौका बाहेक अरु रन लिन सकेन ।
भारतीय क्रिकेटका कप्तान विराट कोहलीले कमजोर सुरुवातको कुरालाई खण्डन गर्दै भने, “सुरुमा विकेट झरेपछि हामी सतर्क थियौँ, सुरुमै विकेट झरेपछि निकै नै दबाब पर्छ । हामीले केएल राहुल सुरुमै गुमायौँ । इङ्ल्यान्डले सुरुको १० ओभरमा निकै नै कडा बलिङ गरिरहेको थियो ।”
धोनी र जाधवले केही बताएका छैनन् तर रोहित शर्माले यी दुबैको बचाउ गरेका छन् । शर्मा भन्छन्, “माही र केदारले राम्रो खेल खेल्न कोशिस गरेका हुन् तर स्लो पिचको कारण सम्भव हुन सकेन । तपाइँहरु इंग्लिस टिमको प्रशंसा गर्न सक्नुहन्छ उनीहरले राम्रो खेले ।”
रोहित र विराटको तुुलनामा धोनीको खेललाई कमजोरी मान्न सकिँदैन । रोहित शर्माले १०९ बलमा १०२ रन बनाए भने कप्तान विराटले ७६ बलमा ६६ रन मात्र बनाए । यसरी दुबैलाई हेर्दा रनको तुलनामा बल धेरै खर्च गरे । तर धोनीले भने ३१ बलमा ४२ रनको पारी खेले । धोनी एकमात्र खेलाडी थिए जसले इङ्ल्यान्डविरुद्ध एकमात्र छक्का हाने । उता इङ्ल्यान्डले भने भारतविरुद्ध १३ छक्का हानेको थियो ।
खेलमा धोनीको पहिचान फिनिसरको रुपमा रहेको थियो । आफ्नो लक्ष्यलाई पूरा गर्नको लागि फिनिसरले कुनै पनि कसुर बाँकी राख्दैनन् । चाँडोभन्दा चाँडो रन हानेर आफ्नो टिमलाई जिताउन चाहन्छन् । तर यो होइन कि फिनिसरले सुरुवाती खराबलाई अन्तिम ओभरमा कायापलट गर्नसक्छन् ।
अन्तिम पाँच ओभरमा भारतलाई जित्नको लागि ७१ रन चाहिएको थियो । यानेकि प्रत्येक बलमा दुई रनको आवश्यक थियो जुन कुरा सम्भव थिएन ।
धोनीको आलोचना अफगानिस्तानविरुद्धको खेलबाट नै हुुँदै आइरहेको छ । जसमा भारतले बल्ल बल्ल जितेको थियो । अफगानिस्तान विरुद्धको खेलमा धोनीले ५२ बलमा २८ रनमात्र जोडेका थिए । तर अफगानिस्तान विरुद्धको खेलमा कोहलीले बाहेक सबैले खराब प्रदर्शन गरेका थिए । वेष्ट इण्डिजविरुद्धको खेलमा पनि धोनीको आलोचना गरिएको थियो ।
पाकिस्तानमा धोनीको आलोचना भइरहेको छ किनभने इङ्ल्यान्डको जितले उसलाई सेमिफाइनलमा पुग्न सजिलो छैन । इङ्ल्यान्डको जितले पाकिस्तान चौथो नम्बरबाट पाँचौं नम्बरमा झरेको छ भने इङ्ल्यान्डले एक खुुड्किलो चढी चौथो नम्बरमा आएको छ ।
बीबीसी















