लाइसेन्स परीक्षामा ६५ प्रतिशत नर्स फेल

ए वान डेस्क
१८ असार २०७६, बुधबार ०८:०५

नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ प्रतिशत नर्स फेल भएपछि पढाइको गुणस्तरमा प्रश्न उठेको छ ।

यस वर्षको परीक्षामा १५ सय १९ जना परीक्षार्थी सहभागी भएकोमा ५ सय २६ जना मात्र उत्तीर्ण भएपछि सरोकारवालाले गुणस्तरको प्रश्न उठाएका हुन् ।

‘नर्सिङ जनशक्तिको गुणस्तर सुधार्न मापदण्ड नपुगेका कलेजलाई बिस्तारै बन्द गर्नुपर्छ,’ काउन्सिलकी अध्यक्ष प्रा.डा. गोमादेवी निरौलाले भनिन्, ‘कलेजले नर्सिङलाई कमाइ खाने भाँडो मात्र बनाएका छन्, यति धेरै कलेज चाहिँदैनन् ।’

नयाँ चिकित्सा शिक्षा ऐनअनुसार कलेजको आफनै अस्पताल हुनुपर्छ । सरकारी अस्पताल देखाएर नर्सिङ कलेज चलाउन पाइँदैन । यो समाचार आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*