सिमरामा जब भारतीय जीप अगाडी बढ्न खोज्यो ….
ए वान डेस्क /
मध्यरातको झन्डै १२ बजे भारतीय नम्बर प्लेटको एउटा जीप पथलैयाबाट सिमरा आउदै थियो । अत्याधिक गतिमा रहेको सो जीपमा चालक मात्र थिए । सिमराको नेपाल टेलिकम नजिकै पुग्दा नपुग्दै सो जीप अघि बढ्न खोज्यो ।
टेलिकम चोकबाट अघि बढ्न खोजेको सो जीप खाल्डोमा पर्यो । खाल्डोमा परेपछि सो जीपले हुत्तिएर बा१५च १४३२ नम्बरको जिपलाई पछाडीबाट ठक्कर दियो ।
भारतिय नम्बर प्लेटको जीपले पछाडीबाट ठक्कर दिदा नेपाली नम्बर प्लेटको जीप टेलिकम अगाडीको डिभाईडरमा ठोक्कियो । डिभाईडरमा ठक्कर खाने बा१५च १४३२ नम्बरको जिपमा चालकसहित ३ जना थिए ।
ठक्कर दिने भारतीय जीपका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
















