बाराको छातापिप्रामा सिटि राईड पल्टिदा एक जना गंभिर घाईते

ए वान डेस्क
२२ असार २०७६, आईतवार २१:२४

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ९ स्थित छातापिप्रामा सिटि राईड पल्टिदा १ जना गंभिर घाईते भएका छन् । विरगञ्जबाट पथलैयातिर आउदै गरेको ना७ख ३६४४ नम्बरको सिटि राईड केहिबेर अघि छातापिप्रामा पल्टिदा १ जना गंभिर घाईते भएका हुन् ।

मुख्य सडक छेउमा रहेको डिभाईडरमा ठोक्किएर सिटि राईड पल्टिदा सह–चालक गंभिर घाईते भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । गंघिर घाईते हुनेमा सिटि राईडका सह–चालक पर्सा निवासी युवराज राउत रहेका छन् ।

गंभिर घाईते राउतलाई उपचारका लागी विरगञ्ज पठाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*