सिमरामा सबैभन्दा बढी पानी : कहाँ कति वर्षा ?

ए वान डेस्क
२७ असार २०७६, शुक्रबार १८:४२

सशक्त न्युनचापीय क्षेत्रमा जलवाष्पयुक्त मौसम प्रणालीले फन्को (सर्कुलेसन) मार्दा हावासहित देशभर अविरल वर्षा भइरहेको छ।

पूर्वदेखि पश्चिमसम्म अहिले सशक्त न्युनचापीय क्षेत्रमा यो प्रणाली घुमिरहँदा हावासहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। यो प्रणाली विस्तारै पश्चिम क्षेत्रमा सिफ्ट हुँदै गएको र पश्चिप क्षेत्रमा वर्षाको सम्भावना रहेको अर्यालको भनाइ छ। अर्यालका अनुसार कालो बादलसहित हल्का छड्के पानी परेको छ।

विगत केही दिनअघिबाट मनसुन सक्रिए भए पनि बिहीबारबाट मनसुन थप सक्रिए भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसोदेखि आइतबारसम्म देशभर वर्षा जारी रहने महाशाखाले जनाएको छ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने अनुमान गरिएको छ। साथै पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै वर्षा हुने महाशाखाले जनाएको छ। केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

यसैगरी आइतबार रातिसम्म पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। पूर्व र मध्य क्षेत्रका मध्य पहाड, तराईका थोरै ठाउँहरुमा धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ।

कहाँ कति पानी पर्यो ?

बिहीबारबाट थप मनसुन सक्रिय हुँदा पूर्व र मध्ये क्षेत्रमा अविरल पानी परिरहेको छ। २४ घण्टामा सबैभन्दा बढी पानी सिमरामा ३३१.९ मिलिमिटर परेको छ। त्यस्तै काठमाडौंमा ११५.२ मिलिमिटर, ओखलढुंगा १०१.३, धनकुटा ७५.५, भैरहवा ४३.५, ताप्लेजुङ ३२.९, दाङ २१.३ मिलिमिटर परेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*