बर्षाको बितण्डा : बारामा एकको मृत्यु, २५० घरपरिवार बिस्थापित, कहा के भयो ?

ए वान डेस्क
२७ असार २०७६, शुक्रबार २१:०१

ए वान डेस्क /

लगातारको वर्षाका कारण बारामा आज झन्डै २५० घरपरिवार बिस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार जिल्लाको बिभिन्न क्षेत्रमा गरी झन्डै २५० घरपरिवार बिस्थापित भएका हुन् ।

बिस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको बाराका प्रहरी प्रवक्ता रंजित सिंह राठौरले जानकारी दिनुभयो ।

कहा के भयो ?

जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर ८ रमौली, वडा नम्बर १० नयाबस्ती, वडा नम्बर २४ हरपुर, फेटा गाउपालिका १ त्रिवेणी, १ रजघटिया, देबताल गाउपालिका ५ रंगपुर्बा, बिश्रामपुर गाउपालिका ४ बिश्रामपुर र बिश्रामपुर गाउपालिका ४ खुदियाटोल डुबानमा परेको प्रहरी प्रवक्ता राठौरले जानकारी दिनुभयो । यी सबै क्षेत्र डुबानमा पर्दा झन्डै २५० घरपरिवार बिस्थापित भएका हुन् ।

एकको मृत्यु

लगातारको बर्षाका कारण बारामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार परवानिपुर गाउपालिका १ मा घर पछाडी नालीमा डुबेर एक जनाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा अरबिन्द यादवका छोरा बिकि यादव रहेको प्रहरी प्रवक्त राठौरले जानकारी दिनुभयो ।

हेर्नुहोस् प्रहरीको विवरण

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*