बाढी र पहिरोमा ज्यान गुमाउनेको स‌ंख्या ‍५० पुग्यो, ३३ जना बेपत्ता

ए वान डेस्क
२९ असार २०७६, आईतवार १६:१२

अबिरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ५० जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बाढी पहिरोमा ५० जनाको ज्यान गएको छ । आइतबार बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएका छन् ।उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३३ जना बेपत्ता भएका छन् । अहिलेसम्म एक हजार १ सय ४ जनाको उद्धार गरिएको छ ।

३३ जना बेपत्ताको खोजी कार्य भइरहेकाे प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*