सिमरामा युवाहरुले बनाए नमुना ‘स्ल्याप ढलान’

ए वान डेस्क
२९ असार २०७६, आईतवार २१:२४

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा युवाहरुले नमुना स्ल्याप ढलान निर्माण गरेका छन् । प्रदेश नम्बर २ सरकारको १ करोड रुपैया लगानीमा युवाहरुले नमुना स्ल्याप ढलान निर्माण गरेका हुन् ।

उपभोक्ता समितिमार्फत वडा नम्बर २ को बिभिन्न क्ष्ँेत्रमा गरी युवाहरुले झन्डै १ हजार ८० मिटरको स्ल्याप ढलान निर्माण गरेका छन् । आरिफ हुसेनको अध्यक्षतामा गठित उपभोक्ता समितिले सिमराको आन्तरीक राजश्व कार्यालयदेखि नरबस्ती, सिमराको दश विगाह र राधाकृष्ण मध्यवर्ती सामुदायीक वन उपभोक्ता समुह क्ष्ँेत्रमा स्ल्याप ढलान निर्माण गरेको छ ।

बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर विश्वकर्माको विशेष पहलमा आएको बजेटबाट नमुना स्ल्याप ढलान निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष आरिफ हुसेनले ए वान समाचारलाई जानकारी दिनुभयो । यसअघि स्ल्याप ढलान कार्यको प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, नेकपाका केन्द्रिय सदस्य दिनेश राई र बारा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिलले संयुक्त रुपमा शिलन्यास गर्नुभएको थियो ।

छोटो समयमा वडा नम्बर २ को बिभिन्न क्ष्ँेत्रमा नमुना स्ल्याप ढलान बनाउन आफुहरु सफल भएको उपभोक्ता समितिका सचिव विरेन्द्र बास्कोटाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*