‘२५ बर्षपछि पनि गुरुलाई उत्तिकै सम्मान’
ए वान डेस्क /
नेपाल राष्ट्रिय माद्यायमिक विद्यालय सिमराबाट २०५१ सालमा एसएलसि दिएका बिद्यार्थीहरुले आज गुरु सम्मान कार्यक्रमको आयोजना गरेका छन् । गुरु पुर्णिमाको अवसर पारेर बिद्यार्थीहरुले सिमरामा गुरु सम्मान कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रमकाबिच बिद्यार्थीहरुले आधा दर्जनभन्दा बढि शिक्षकहरुलाई सम्मान गरेका थिए । जीतपुरसिमरालाई कार्य क्षेत्र बनाएर बिभिन्न पेशा व्यवसाय गर्दे आएका बिद्यार्थीहरुले शिक्षकहरुलाई सम्मान गरेका हुन् ।
२५ बर्षपछि पनि आफ्ना शिक्षकहरुलाई सम्मान गर्न पाउदा आफुहरु निकै खुशि भएको होटल तथा पर्यटन व्यवसायी संघ बाराका उपाध्यक्ष समेत रहनुभएका समाजसेवी अर्जुन लम्सालले बताउनुभयो । ‘शिक्षक हामो अभिभावक हुनुहुन्छ, हामीले उहाहरुको सम्मानमा यति गर्दापनि थोरै हुन्छ’ उहाले भन्नुभयो ।
समाजसेवी नराजन थापाले फरक पेशा र व्यवसाय गर्दे आएका साथिहरु मिनेर गुरुलाई सम्मान गर्न पाउदा निकै खुशि भएको बताउनुभयो । २५ बर्षपछि बिद्यार्थीहरुले गरेको सम्मान देखेर शिक्षकहरु पनि निकै खुशि भएका थिए ।
‘एसएलसि दिएका बिद्यार्थीहरुले सम्मान गर्दा हामी निकै खुशि छौ, गुरुप्रतिको सम्मानको लागी सबैलाई धन्यवाद छ’ शिक्षक अच्युतदेव सिटौलाले भन्नुभयो ।















