पर्यटन सहकारी बाराको पहिलो साधारणसभा भोलि, नया नेतृत्व चयन हुने
ए वान डेस्क /
होटल तथा पर्यटन सहकारी संस्था लिमिटेड बाराको पहिलो साधारणसभा भोलि हुदैछ । होटल तथा पर्यटन व्यवसायी संघ बाराद्धारा सञ्चालित पर्यटन सहकारी संस्था लिमिटेडको पहिलो साधारणसभाले नया नेतृत्व चयन गर्नेछ ।
सिमराको झापाली होटलमा हुने पहिलो साधारणसभाको सम्पुर्ण तयारी पुरा भएको संस्थाका अध्यक्ष प्रलाद उप्रेतीले जानकारी दिनुभयो । अध्यक्ष उप्रेतीले पहिलो साधारणसभामा उपस्थित हुने पर्यटन सहकारी संघ बाराका पदाधिकारीका साथै सम्पुर्ण सेयर सदस्यहरुलाई अनुरोध गर्नुभयो ।
होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले विभिन्न ब्यवसायी लक्षित बचत योजना सहित आवस्यकता अनुसार कार्य छेत्र बढाउने र विभिन्न कोसहरु संचालन गरिने योजना रहेको बताउनुभयो । साथै आवस्यकता अनुसार कर्मचारी नियुक्ति सल्लाहकार मनोनयन लेखा समिती गठन समेत गरिने अध्यक्ष लामिछानेले बताउनुभयो ।















