चुरियामाईमा बस पल्टिदा २९ जना घाईते
ए वान डेस्क /
बाराको चुरियामाई नजिकै बस पल्टिदा २९ जना घाईते भएका छन् । हेटौडाबाट विरगञ्ज आउदै गरेको ना४ख ८२५८ नम्बरको बस अनियन्त्रित भई पल्टिदा २९ जना घाईते भएका हुन् ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीका अनुसार तिब्र गतिमा रहेको बस चुरियामाई नजिकै अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो । बिहान विरगञ्जबाट पोखराका लागी छुटेको बस यात्रु नपाएपछि हेटौडाबाटै फर्किएको थियो ।
हेटौडाबाटै फर्किएको बस चुरियामाई मन्दिर र ३ नम्बर पुलको बिचमा पल्टिएको बुझिएको छ । घाईते २९ जना मध्य १६ जनाको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनुभयो ।
घाईतेहरुको हेटौडाको सरकारी अस्पताल र चुरियामाई अस्पतालमा उपचार भईरहेको छ ।















