प्रदेश ३ को एउटै मन्त्रालयको राजश्व डेढ अर्ब

ए वान डेस्क
२८ श्रावण २०७६, मंगलवार ११:०९

मकवानपुर – प्रदेश नम्बर ३ को उद्योग, पर्यटन्, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५–०७६ मा एक अर्ब ७३ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसमध्ये सबैभन्दा वढी राजस्व वन क्षेत्रबाट संकलन भएको छ । प्रदेशका १३ जिल्लाबाट वन क्षेत्रबाट प्रदेश सरकारले ७८ करोड भन्दा बडी राजस्व संकलनगर्न सफल भएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीका निजी सचिव नवराज पुडासैनीले जानकारी दिनुभयो ।

यसैगरी समूह कोष तर्फ ६५ करोड २१ लख रुपैयाँ राजस्व संकलन गरिएको छ । सरकारी सञ्चित कोषमा १३ करोड ६३ लाख र उद्योग क्षेत्रमा १५ करोड ६७लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको उहाँले बताउनुभयो ।

मन्त्रालयले चालु आर्थिक वर्षमा राजस्वलाई अझै बढाउने लक्ष राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*