जीतपुरसिमरामा अस्तव्यस्त बन्दै ‘पार्किङ्’, जटिल समस्याबारे जनप्रतिनिधि मौन
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा बिगत लामो समयदेखि जटिल समस्याको रुपमा पार्किङ्ग थप अस्तव्यस्त बन्दै गएको छ । नियामक निकायले नै चासो नदिदा उप–महानगरपालिका क्षेत्रमा पार्किङ्ग अस्तव्यस्त बन्दै गएको हो ।
उप–महानगरपालिकाभित्रको बिभिन्न क्षेत्रमा लामो समयदेखि पार्किङ्ग अस्तव्यस्त हुदा समेत सम्बन्धीत निकाय मौन छ । उप–महानगरपालिकाभित्र रहेका बिभिन्न सरकारी कार्यालयका कारणपनि मुख्य सडक क्षेत्रमा पाकिङ्ग अस्तव्यस्त बनेको छ ।
जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ मा रहेको आन्तरीक राजश्व कार्यालयको उदासिनताका कारण अहिले मुख्य सडक क्षेत्रमा सेवाग्राहीले पार्किङ्ग गर्न थालेका छन् । यो प्रतिनिधि कार्यालय मात्रै हो ।
बर्षौदेखि कर कार्यालयको गेट अगाडी रहेको सडक क्षेत्रमा सेवाग्राहीले पार्किङ्ग गर्दा स्थानीयले ठुलो समस्या झेल्दै आएका छन् । कर कार्यालयले उचित पार्किङ्गको व्यवस्था नगर्दा मुख्य सडक क्षेत्रनै अस्तव्यस्त बनेको स्थानीय समाजसेवी विरेन्द्र बास्कोटाले बताउनुभयो ।
‘पार्किङ्गको व्यवस्था नहुदा एम्बुलेन्स जानपनि समस्या छ, हामीले यो बिषयमा कार्यालय प्रमुखलाई धेरै पटक भनिसक्यौ’ उहाले भन्नुभयो । पटक पटक पार्किङ्गको बिषयमा कार्यालय प्रमुखलाई जानकारी गराउदासमेत चासो नदेखाएकोभन्दै सम्बन्धीत निकायले बेलैमा ख्याल नगरे थप अस्तव्यस्त हुने उहाले बताउनुभयो ।
सडक ढलान समितिका अध्यक्ष आरिफ हुसेनले अस्तव्यस्त पार्किङ्गका कारण आफुहरुले लामो समयदेखि समस्या झेल्दै आएको बताउनुभयो । ‘नगरपालिकाले यो बिषयमा चासो दिएको छैन्, अहिले पार्किङ्गको व्यवस्था नहुदा हामीले बनाएको ढलानमै पार्किङ्ग गर्न थालिएको छ’ उहाले भन्नुभयो ।
नगरपालिकाले ध्यान दिनुपर्छ : कार्यालय प्रमुख
आन्तरीक राजश्व कार्यालय सिमराका प्रमुख तलुशी प्रसाद चौलागाईले कार्यालयसंग पार्किङ्गको लागी प्रयाप्त स्थान रहेकोभन्दै सेवाग्राही कै कारण पार्किङ्ग अस्तव्यस्त बनेको बताउनुभयो । ए वान समाचारसंग कुरागर्दे उहाले भन्नुभयो ‘सेवाग्राहीले आफ्नो सहजताको लागी बाहिर पार्किङ्ग गरेको हुनुपर्छ, हामीसंग भित्र पार्किङ्ग गर्ने ठाउ प्रयाप्त छ’ ।
अस्तव्यस्त पार्किङ्ग व्यवस्थापन गर्ने बिषयमा नगरपालिकाले बिशेष चासो दिनुपर्ने उहाले नगरपालिकाले खासै चासो नदेखाएको बताउनुभयो । ‘सुचनापनि टासिएको छ, तर यो बिषयमा बिशेष ध्यान नगरपालिकाले दिनुपर्छ’ उहाले भन्नुभयो ।
कार्यालयले पार्किङ्गको व्यवस्था गर्नुपर्छ : वडा अध्यक्ष
जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तिलक श्रेष्ठले अस्तव्यस्त पार्किङ्ग व्यवस्थापन गर्ने बिषयमा कर कार्यालयले ध्यान दिनुपर्ने बताउनुभयो । ‘जनताको कर उठाउने कार्यालयले पार्किङको पनि व्यवस्थापन गर्नुपर्छ’ उहाले भन्नुभयो ।















