‘प्रदेश–प्रदेशमा गाईजात्रा’ ले तात्यो प्रदेश २

ए वान डेस्क
२८ श्रावण २०७६, मंगलवार १८:१८

ए वान डेस्क /

भाद्र १ गते प्रदेश नम्बर २ मा हुने ‘प्रदेश–प्रदेशमा गाईजात्रा’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । प्रदेश नम्बर २ को प्रतिनिधित्व गर्दे यही भाद्र १ गते बाराको सिमरामा ‘प्रदेश–प्रदेशमा गाईजात्रा’ कार्यक्रम गरिदैछ ।

होटल तथा पर्यटन व्यवसायी संघ बारा र सिमरा फाउण्डेशन बाराको संयुक्त आयोजनामा सिमरामा हुन लागेकोे कार्यक्रमको तयारी तिब्र रुपमा भईरहेको छ । बिगत लामो समयदेखि काठमाडौंमा मात्र सिमित रहेको गाईजात्रा यसबर्षदेखि सिमरासहित देशका बिभिन्न शहरमा हुन लागेको हो ।

‘प्रदेश प्रदेशमा गाईजात्रा’ कार्यक्रम साउन ३१ गतेदेखि प्रदेश नम्बर १ को बिराटनगरबाट शुरु हुदैछ । हास्य कलाकार मनोज गजुरेलको नेतृत्वमा ११ जना कलाकारले सिमरामा हुने गाईजात्रा कार्यक्रममा आफ्नो प्रस्तुती देखाउनेछन् ।

‘हाम्रो तयारी लगभग पुरा भईसकेको छ, कार्यक्रमलाई भब्य बनाउनेतर्फ हामी लागेका छौ’ होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले भन्नुभयो । पर्यटकीय एवं औद्योगिक नगरीको रुपमा विकास भईरहेको सिमरामा पहिलो पटक गाईजात्रा कार्यक्रम हुन लागेको हो ।

‘पहिलो पटक गाईजात्रा कार्यक्रम हुन गईरहेकाले पनि हामी निकै उत्साहित छौ, यो कार्यक्रमको निकै महत्व छ’ सिमरा फाउण्डेशनका अध्यक्ष आरिफ हुनसेले भन्नुभयो । कार्यक्रमले आसन्न भ्रमण बर्ष २०२० लाई थप प्रभावकारी बनाउने अध्यक्ष शर्माले बताउनुभयो ।

सिमराको रोयल ईभेन्ट मेनेजमेन्ट भेन्युमा हुने कार्यक्रम हेर्न आयोजकले ३ किशिमको टिकटको व्यवस्था गरेको छ । कार्यक्रमका लागि एक हजार पाच सय, एक हजार र पाच सय गरी तिन किसिमको टिकट दर तय गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा कलाकार गजुरेलसहित शैलेन्द्र सिंखडा, सुरेन्द्री केसी (मुला साग), शिवशंकर रिजाल (जोगिन्दर पानवाला), रवी डंगोल, यमन श्रेष्ठ, सुवोध गौतम, पूर्ण थापा, सन्ध्या बुढा (काउली बुढी) सुमन कार्की र रुविना अधिकारीले आफ्नो प्रस्तुती देखाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*