सिमरामा भोलि हुने ‘प्रदेश–प्रदेशमा गाईजात्रा’ को सम्पुर्ण तयारी पुरा

ए वान डेस्क
३२ श्रावण २०७६, शनिबार २१:१९

ए वान डेस्क /

प्रदेश नम्बर २ को बारामा भोलि हुने प्रदेश प्रदेशमा गाईजात्रा कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । होटल तथा पर्यटन व्यवसायी संघ बारा र सिमरा फाउण्डेशनको संयुक्त आयोजनामा भोलि बाराको सिमरामा हुन लागेको गाईजात्रा कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक हिरा बस्नेतले ए वान समाचारलाई जानकारी दिनुभयो ।

‘हामीले आवश्यक सबै तयारी पुरा गरिसकेका छौ, भोलिको कार्यक्रम भब्य बनाउने तयारीमा हामी छौ’ उहाले भन्नुभयो । सिमराको रोयल ईभेन्ट म्यानेजमेन्ट भेन्युमा हुने गाईजात्रा कार्यक्रम भोलि साझ ५ बजेदेखि शुरु हुनेछ । हास्य कलाकार मनोज गजुरेलको नेतृत्वमा भोलि हुने गाईजात्रा कार्यक्रममा १ दर्जनभन्दा बढि कलाकारहरुले आफ्नो प्रस्तुती देखाउनेछन् ।

कार्यक्रममा कलाकार गजुरेलसहित शैलेन्द्र सिंखडा, सुरेन्द्री केसी (मुला साग), शिवशंकर रिजाल (जोगिन्दर पानवाला), रवी डंगोल, यमन श्रेष्ठ, सुवोध गौतम, पूर्ण थापा, सन्ध्या बुढा (काउली बुढी) सुमन कार्की र रुविना अधिकारीले आफ्नो प्रस्तुती देखाउने कलाकार संयोजक ईश्वर थपलियाले जानकारी दिनुभयो ।

बिगत लामो समयदेखि काठमाडौंमा मात्र सिमित रहेको गाईजात्रा यसबर्षदेखि सिमरासहित देशका बिभिन्न शहरमा हुन लागेको हो । ‘प्रदेश प्रदेशमा गाईजात्रा’ कार्यक्रम आजदेखि प्रदेश नम्बर १ को बिराटनगरबाट शुरु भएको छ । पर्यटकीय एवं औद्योगिक नगरीको रुपमा विकास भईरहेको सिमरामा पहिलो पटक गाईजात्रा कार्यक्रम हुन लागेको हो ।

‘पहिलो पटक गाईजात्रा कार्यक्रम हुन गईरहेकाले पनि हामी निकै उत्साहित छौ, यो कार्यक्रमको निकै महत्व छ’ सिमरा फाउण्डेशनका अध्यक्ष आरिफ हुसेनले भन्नुभयो । कार्यक्रमले आसन्न भ्रमण बर्ष २०२० लाई थप प्रभावकारी र प्रचार प्रसारमा महत्वपुर्ण योगदान हुने भ्रमण बर्ष २०२० का कार्यकारी सदस्य एवं होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले बताउनुभयो ।

कार्यक्रमका लागि एक हजार पाच सय, एक हजार र पाच सय गरी तिन किसिमको टिकट दर तय गरिएको छ । कार्यक्रमलाई सफल बनाउन अतिथि व्यवस्थापनमा बिरेन्द्र बास्कोटा, प्रचार प्रसारमा शिव श्रेष्ठ, फिल्ड व्यवस्थापनमा रोसन ठाकुर, गोविन्द लामा, टिकट व्यवस्थापनमा शम्भु खड्गी र सुरक्षा व्यवस्थापनमा धन बहादुुर श्रेष्ठ (डि.बि)को नेतृत्वमा मुल कमिटि बनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*