भरतपुरमा निषेधाज्ञा : ५ जनाभन्दा धेरै जम्मा हुन नपाइने (भिडियोसहित)

ए वान डेस्क
९ भाद्र २०७६, सोमबार ११:४३

जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गरेको छ। संचारकर्मी रवि लामिछानेको रिहाइको माग गर्दै ११ दिनदेखि भरतपुरमा प्रदर्शन भइहेको छ।

जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि चारकिल्ला तोकेर त्यसभित्र पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने आदेश गरेको छ।

भरतपुर महानगरपालिका १० स्थित मुद्धाको अनुसन्धान,अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरु रहेको क्षेत्रमा चार किल्ला निर्धारण गरी भेला र प्रदर्शन निषेध गरिएको छ ।

https://youtu.be/gdSz63-Jc4A

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*