सिमरामा रवि रिहाईको खुशियालीमा दिप प्रज्वलन

ए वान डेस्क
१० भाद्र २०७६, मंगलवार २१:१८

ए वान डेस्क /

सञ्चारकर्मी रवि लामिछानेसहित ३ जना रिहाईको खुशियालीमा बाराको सिमरामा आज साझ दिप प्रज्वलन गरिएको छ । लामिछानेसहित ३ जना हिजो मात्र रिहा भएका थिए ।

जिल्ला अदालत चितवनको आदेश अनुसार लामिछाने ५ लाख, युवराज कडेल ३ लाख र अस्मिता भनिने रुकु कार्की साधारण तारेखमा रिहा भएका हुन् । रिहाईको खुशियालीमा सिमराको मुख्य चोकमा साझ व्यापक जनसहभागितामा दिप प्रज्वन गरिएको समाजसेवी प्रकाश ढुंगानाले ए वान समाचारलाई जानकरी दिनुभयो ।

‘एक हात, एक मैनबत्ति’ भन्ने नाराका साथ सिमरामा दिप प्रज्वलन गरिएको ढुंगानाले बताउनुभयो । रवि लामिछानेको रिहाईले समग्र देश र जनताले न्याय पाएको उहाले बताउनुभयो । साथै सोही कार्यक्रममार्फत सहभागिहरुले मृतक शालिकराम पुडाशैनीको घटनाको सत्य तथ्य छानविन गर्नसमेत माग गरेका थिए ।

केहिदिन अघि सिमरामै रवि लामिछानेको रिहाईको माग गर्दे प्रदर्शन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*