जीतपुरसिमरामा सेवाग्राहीको सुरक्षामा ‘समुदाय प्रहरी साझेदारी’

ए वान डेस्क
११ भाद्र २०७६, बुधबार २०:०८

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा सेवाग्राहीको सुरक्षामा नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम आज सम्पन्न भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ बारा र ईलाका प्रहरी कार्यालय सिमराको संयुक्त आयोजनामा सिमरामा आज सेवाग्रँहीको सुरक्षामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको हो ।

होटल सिमरा ईनमा भएको कार्यक्रमको जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले जीतपुरसिमरालाई सुन्दर र सुरक्ष्ँित बनाउन समबद्ध सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । ‘यो उप–महानगरपालिकालाई समृद्ध बनाउन हामी सबै जना लाग्नुपर्छ, यो एक व्यक्ति वा निकायले गरेर हुदैन्’ उहाले भन्नुभयो ।

कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले सेवाग्राहीको सुरक्षामा होटल व्यवसायीहरु जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । ‘होटलमा आउने सेवाग्राहीको सुरक्षा दिने पहिलो प्राथमिक्ता होटल व्यसायीको हो, त्यसबाहेक सुरक्षा निकायको हैसियतले हामीले गर्नपर्ने काम हामी गर्छौ’ उहाले भन्नुभयो ।

जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठले व्यवसायीले सेवाग्राहीलाई सुरक्षाको प्रत्याभुति दिलाउनुपर्ने बताउनुभयो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साहले जीतपुरसिमरालाई सुरक्षित बनाउन सबै निकाय एक हुनुपर्नेमा जोड दिनुभयो ।

सिमरा कलेज सिमराका प्रमुख शालिकराम अधिकारीले जीतपुरसिमरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । जीतपुरसिमरा उप–महानगरपालिकाभित्र रहेका होटलमा आउने सेवाग्राहीको सुरक्षाको सम्बन्धमा समुदाय प्रहरी साझेदारी कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा उपस्थित होटल व्यवसायीहरुले होटलको सुुरक्षामा प्रहरी गंभिर भएर लाग्नुपर्ने सुझाव दिएका थिए । होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले ग्राहकको सुरक्षा दिने पहिलो काम होटल व्यवसायीको भएको बताउनुभयो । आसन्न भ्रमण बर्ष २०२० लाई प्रभावकारी बनाउन समेत सुरक्षा व्यवस्था कडा बनाउनुपर्नेभन्दै उहाले व्यवसायी जिम्मेवार भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष लामिछानेको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन संघका सञ्चार संयोजक प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रममा होटल व्यवसायी प्रकाश लम्सालले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संघका उपाध्यक्ष अर्जुन लम्साल, महासचिव शम्भु खड्गी, पर्यटन सहकारी संस्थाका अध्यक्ष प्रलाद उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*