जीतपुरसिमरामा बर्निङ्ग ब्याण्डले लाईभ ईन कन्र्सट गर्ने

ए वान डेस्क
१५ भाद्र २०७६, आईतवार १३:०२

ए वान डेस्क /

बिगत लामो समयदेखि बिभिन्न कार्यक्रम आयोजना गर्दे आएको द बर्निङ्ग ब्याण्डले यसबर्ष पनि बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा लाईभ ईन कन्सर्ट गर्ने भएको छ । बिगतका बर्षमा झै यसबर्ष पनि नेपालीहरुको महानपर्व बडादशै र शुभ दिपावलीको अवसरमा द बर्निङ्ग व्याण्डले सिमरामा कन्र्सट आयोजना गर्न लागेको हो ।

यसबर्षपनि फुलपातीको दिन हुने कन्र्सटमा नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने ब्याण्डका म्यानेजर विजय बोम्जनले ए वान समाचारलाई जानकारी दिनुभयो । बोम्जनका अनुसार यसबर्ष चर्चित कलाकार तिर्सना गुरुङ्ग र Cobweb को ब्याण्डले आफ्नो प्रस्तुती देखाउनेछ ।

साथै ब्याण्डसंगै स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाउने बोम्जनले जानकारी दिनुभयो । द बर्निङ्ग ब्याण्ड २०६९ सालमा स्थापना भएको थियो । स्थापनाकाल देखि नै यो ब्याण्डले बिभिन्न समयमा बिभिन्न कार्यक्रम गर्दे आएको छ ।

द बर्निङ्ग ब्याण्डको कार्यक्रममा अहिलेसम्म sabin rai, mt8848, Anuprastha, Indira Joshi, बि. एट, ज्योवन भुजु, नेपाल आईडलका साहिल जमिर अलि, द बर्निङ्ग ब्याण्ड, ए.एम.जि ब्याण्ड, द डस्ट लगायतका राष्ट्रिय स्तरका थुपै कलाकारहरुले आफ्नो प्रस्तुती देखाईसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*