प्रथम महाधिवेशनको पुर्व संध्यामा बृहत सरसफाई
होटल तथा पर्यटन ब्यवसायी महासंघ प्रदेश नम्बर २ को प्रथम महाधिवेशनको पुर्व संध्यामा आज बृहत सरसफाई कार्यक्रम गरिएको छ । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको आयोजनामा बर्दिवासमा आज बृहत सरसफाई कार्यक्रम गरिएको हो ।
प्रदेश नम्बर २ को प्रथम महाधिवेशन भोलि बर्दिवासमा हुदैछ । भोलि हुने अधिवेशनलाई केन्द्रित गरि आज बर्दिवासमा बृहत सरसफाई गरिएको अध्यक्ष हिरा गौतमले जानकारी दिनुभयो ।















