बाराका सबै स्थानीय तह खुल्ला दिशामुक्त

ए वान डेस्क
२६ भाद्र २०७६, बिहीबार १३:५१

आगामी असोज मसान्तसम्म सिंगो मुलुकलाई नै दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त मुलुक घोषणा गर्ने राष्ट्रिय अभियानअन्तर्गत यतिबेला बाराका स्थानिय तहहरु समेत धमाधम खुला दिशामुक्त घोषणा हुँदैछन् ।

जसअन्तर्गत बाराका दुई उपमहानगर एकैसाथ खुला दिशामुक्त घोषणा भएका छन् ।

जिल्ला समन्वय समिती बाराका अध्यक्ष नवलकिसोर सिहले कलैया उपमहानगरपालिकालाई जिल्लाको १५ औँ र जीतपुरसिमरा उपमहानगरलाई १६औँ स्थानिय तहको रुपमा बुधबार खुला दिशामुक्त घोषणा गरेका हुन् ।

दुई उपमहानगर, चार नगरपालिका र १० गाउँपालिका गरि जम्मा १६ स्थानिय तह रहेको बारामा अन्य स्थानिय तहहरु यस अघी नै खुला दिशामुक्त भैसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*