सिमरामा युथ क्रियसनले फेसन शो गर्ने
ए वान डेस्क /
युथ क्रियसन नेपालले बाराको सिमरामा फेसन शो गर्ने भएको छ । आयोजक युथ क्रियसन नेपालले सिमरामा पत्रकार सम्मेलनको आयोजना गर्दे कार्यक्रमक बारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्थाका प्रमुख रवि लामाले प्रदेश नम्बर २ लाई नै प्रतिनिधित्व गर्दे सिमरामा फेसन शो गर्न लागिएको जानकारी दिनुभयो । युथ क्रियसन नेपालले यसअघि ईटहरीसहित बिभिन्न सहरमा फेसन शो गरिसकेको छ ।
फेसन शो लाई सफल बनाउन तयारी तिब्र पारिएको कार्यक्रम संयोजक विजय गुरुङ्गले ए वान समाचारलाई जानकारी दिनुभयो । ‘सिमरामा हुने फेसन शो अन्य स्थानको भन्दा फरक हुनेछ, हामी यो फेसन शोमा यहाको मौलिक्ता झल्कने प्रस्तुती देखाउने प्रयास गर्नेछौ’ पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्थाका प्रमुख लामाले भन्नुभयो ।
‘स्थानीय तवरबाट हामीले कार्यक्रमको तयारी गरिरहेका छौ, हामीलाई विश्वास छ यो कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न हुनेछ’ कार्यक्रमको तयारीमा लागेका रुपेश खड्काले भन्नुभयो । पत्रकार सम्मेलनमा ज्योति पराजुली, सविना श्रेष्ठ, सुरेश थापा मगर लगायतको उपस्थिति रहेको थियो ।
















