सिमरामा आजदेखि जिन एक्पर्ट : मेयरले गरे उद्घाटन

ए वान डेस्क
९ आश्विन २०७६, बिहीबार १९:५४

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सिमरामा आजदेखि जिन एक्पर्ट मेसिन सञ्चालनमा आएको छ । यस मेसिनले टि.बि रोगको परीक्षण गर्नेछ ।

टि.बी रोग लागेका बिरामिको खकार परीक्षण गरेर रोग पत्ता लगाइने यस मेसिनको आज एक कार्यक्रमकाबिच नगर प्रमुख डा. कृष्ण पौडेलले उद्घाटन गर्नुभएको थियो । यसअघि यो उपकरण बाराको कलैयामा मात्र थियो । यस उपकरण बाट फोक्सोमा पानि जमेको समेत पत्ता लगाउन सकिने चिकित्सकहरुले बताएका छन् ।

उदघाटन लगत्तै बिरामीको खकार परीक्षण गर्न शुरु गरीएको प्राथमिक स्वास्थ्य केन्द्र सिमराका प्रमुख अनुष थाले जानकारी दिनुभयो । उद्धघाटन कार्यक्रममा उपप्रमुख सरस्वती देबि चौधरी, वडा नम्बर ३ का अध्यक्ष जगनाथ घिमिरे, ४ का अध्यक्ष इश्वर खत्रि, नेकपाका नेताहरु देब नारायण चौधरी, मनोज पौडेल, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक गोबिन्द पुरी, कार्यपालिका सदस्य शोभा कार्की, सिमरा बिमानस्थलका कार्यालय प्रमुख हिराजन काफ्ले, वडा सदस्य धन बहादुर श्रेष्ठ, चिनिमाया परीयार, नेपालि कांग्रेसका छबि शर्मा, स्वास्थ्य शाखाका बाबुलाल साह, जितन ठाकुर लगायतको उपस्थिती रहेको थियो ।

प्राथमिक स्वास्थय केन्द्र व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्बर २ का अध्यक्ष तिलक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव अनिल बिक तथा स्वागत केन्द्र प्रमुख अनुस थाले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*