हातेमालोको साधारणसभामा जेष्ठ सदस्य प्रमुख अतिथि

ए वान डेस्क
११ आश्विन २०७६, शनिबार १९:१८

बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।  साधारणसभाको आज एक कार्यक्रमकाबिच संस्थाकी जेष्ठ सदस्य १०३ वर्षिया खगिश्वरा पाध्यले गर्नुभएको थियो ।

संस्थाले यसबर्ष जेष्ठ सदस्य पाध्यनीलाई प्रमुख अतिथि र अर्का ९८ बर्षिय सदस्य नोककृष्ण मुल्मीलाई बिशिष्ट अतिथि बनाएको थियो । साधारण सभाले अध्यक्षको संस्थागत प्रतिवेदन, लेखा समितिको आन्तरिक लेखा परिक्षण प्रतिवेदन, आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, सिता गुरुङ, शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, नेकपा केन्द्रीय सदस्य दिनेश राई, कांग्रेस नेता कृष्णब्रत सिंहलगायत विभिन्न संघसंस्था प्रतिनिधिको उपस्थिती रहेको थियो । संस्थाका सञ्चालक बरुण गौतमले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

छोटो समयमै सफल सहकारीको रुपमा आफूलाई उभ्याएको हातेमालोमा तीन हजार तीन ७१ शेयर सदस्य छन् । संस्थाले गत आर्थिक वर्षमा करिब एक करोड ८५ लाख मुनाफा आर्जन गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*