सिमरामा बर्निङ् ब्याण्डको कन्सर्ट : तयारी अन्तिम चरणमा
ए वान डेस्क /
बाराको सिमरामा हुन लागेको लाईभ ईन कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । बिगत लामो समयदेखि बिभिन्न कार्यक्रम आयोजना गर्दे आएको द बर्निङ्ग ब्याण्ड सिमराले लाईभ ईन कन्सर्ट गर्दैैछ ।
यही असोज १८ गते शनिवार हुने कन्सर्टको तयारी लगभग पुरा भईसकेको ब्याण्डका म्यानेजर विजय बोम्जनले ए वान समाचारलाई जानकारी दिनुभयो । बिगतका बर्षमा झै यसबर्ष पनि नेपालीहरुको महानपर्व बडादशै र शुभ दिपावलीको अवसरमा द बर्निङ्ग व्याण्डले सिमरामा कन्र्सट आयोजना गर्न लागेको हो ।
फुलपातीको दिन हुने कन्र्सटमा नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउनेछन् । बोम्जनका अनुसार यसबर्ष चर्चित कलाकार तिर्सना गुरुङ्ग र Cobweb को ब्याण्डले आफ्नो प्रस्तुती देखाउनेछ ।
कन्सर्टमा स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुती देखाउने बोम्जनले जानकारी दिनुभयो । द बर्निङ्ग ब्याण्ड २०६९ सालमा स्थापना भएको थियो ।
स्थापनाकाल देखि नै यो ब्याण्डले बिभिन्न समयमा बिभिन्न कार्यक्रम गर्दे आएको छ ।















