पर्सामा आचरण विपरितको काम गर्ने एक दर्जन प्रहरी कारबाहीमा

ए वान डेस्क
१४ आश्विन २०७६, मंगलवार १५:४७

जिल्लामा गएको जेठ २० गते देखि यता १२ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा एक जना प्रहरी नायव निरीक्षक (सई), तीन जना प्रहरी सहायक निरीक्षक (असई) तथा अन्य गरी १२ जना रहेका छन् ।

पदीय दायित्व निर्वाह नगरेको फेला परेपछि उनीहरुलाई विभागीय कारबाही गरेको पर्साका प्रहरी उपरीक्षक सामेन्द्र सिंह राठौरले जानकारी दिनुभयो  । पौने चार महिनाको अवधिमा प्रहरीको आचरण विपरित काम गरेकाहरुलाई कारबाही गरिएको र थप २ जना हवलदारमाथि छानबिन भइरहेको उहाँले बताउनुभयो ।

कारबाहीमा परेका ६ जना निलम्बित छन् । निलम्बनमा पर्नेमध्ये एक जना प्रहरी सहायक निरीक्षक (असई), एकजना हवल्दार र चारजना प्रहरी जवान रहेका छन् । अधिकांश सीमा क्षेत्रबाट हुने तस्करीमा संलग्न पाइएपछि कारबाही भएको प्रहरी स्रोतको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*