प्रदेश २ : ‘पर्यटन क्षेत्रमा पुर्वाधार निर्माण’
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ को दोश्रो पुर्ण बैठक आज सम्पन्न भएको छ । महोत्तरीको होटल बर्दिवासमा आज सम्पन्न महासंघको दोश्रो पुर्ण बैठकले बिभिन्न निर्णय गरेको छ ।
महासंघ प्रदेश नम्बर २ का अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सरकारसंग सहकार्य गरी पर्यटन प्रवद्र्धनको अभियान चलाउने निर्णय गरेको छ । जस अनुरुप प्रदेश सरकारसंग सहकार्य गरी पर्यटन क्षेत्रमा पूर्वाधार निर्माणको लागी पहल गर्न ७ सदस्यि कमिटि गठन गरिएको महासंघ प्रदेश नम्बर २ का सचिव तरबेज आलमले ए वान समाचारलाई जानकारी दिनुभयो ।
‘आजको बैठकले हिरालाल गौतमको अध्यक्षतामा ७ सदस्यि कमिटि गठन गर्ने निर्णय गरेको छ, त्यसबाहेक यस महासंघका संस्थापक संरक्षक सल्लाहकार ज्युहरुलाई प्रमाण पत्र पनि प्रदान गरियो ’ उहाले भन्नुभयो । बैठकमा सल्लाहकारहरु युवराज लामा, विजय झुनझुनवाला र दिपकमान श्रेष्ठलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
७ सदस्यि कमिटिमा अध्यक्ष हिरालाल गौतम, संस्थापक संरक्षक सलाहकार युवराज लामा वरिष्ठ उपाध्यक्ष उदय नारायन सापकोटा, महासचिव मोहन शर्मा, सचिव तबरेज आलम र सहसचिव अशोक कुमार जलान रहनुभएको छ ।















