जीतपुरसिमरामा तेस्रो बारा महोत्सव हुने

ए वान डेस्क
१० कार्तिक २०७६, आईतवार १९:२४

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा तेस्रो बारा महोत्सव २०७६ हुने भएको छ । आयोजक एस फाउण्डेशन अफ नेपालले आज वडा नम्बर ४ मा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव बारे जानकारी दिएको हो ।

द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ्गसंगको सहकार्यमा आयोजना गर्न लागिएको महोत्सव यही मंसिर १९ देखि मंसिर २९ गतेसम्म चल्नेछ । पत्रकार सम्मेलनमा बोल्दै आयोजक एस फाउण्डेशन अफ नेपालका अध्यक्ष बेद प्रसाद भट्टले कृषि, पर्यटन, औद्योगिक ब्यापार मेलाको रुपमा (तेस्रो बारा महोत्सव–२०७६ंं) आयोजना गर्न लागिएको बताउनुभयो ।

वडा नम्बर ४ मा हुने महोत्सवमा १५० भन्दा बढि स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा कृषि उत्पादनको बजारीकरण तथा प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, औद्योगिक उत्पादनको प्रर्दशनी, दैनिक स्थानिय तथा राष्ट्रिय कलाकारद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुती सहित महोत्सवमा बालमेलाको समेत व्यवस्था गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

महोत्सवमा करिव एक लाख दर्शकले सहभागिता जनाउने आयोजकको दाबी छ । महोत्सवलाई सफल बनाउन बिभिन्न उप समिति बनाईने अध्यक्ष भट्टले बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भोज बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा द लिडका अध्यक्ष बिमल खड्गी, समाजसेवी त्रिलोक ठकुरी, द लिडका व्यवस्थापक पारश श्रेष्ठ, सत्यराज घिमिरे, आयोजक कमिटिका व्यवस्थापकहरु विकास पाण्डे, गणेश ठकुरी, सारदा पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

एस फाउण्डेशनका अध्यक्ष बेद भट्टको अध्यक्षमा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन आयोजक कमिटिका व्यवस्थापक प्रदिप गौतमले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*