पत्रकार संतोष देउजालाई सिमरा स्वागत
पत्रकार सन्तोष देउजालाई सिमरा विमानस्थलमा स्वागत गरिएको छ । साईबर क्राईम मुद्दामा धरौटीमा रिहा भएपछि कार्यक्षेत्र फर्किएका पत्रकार देउजालाई बाराली पत्रकारहरुले स्वागत गरेका हुन् ।
उनको स्वागतमा नेपाल पत्रकार महासंघ बाराका सहसचिव महेश्वर अधिकारीको नेतृत्वमा रहेका पत्रकार विदुर खड्का, महासंघ बाराका सदस्य प्रदिप गौतम, रञ्जन यादब, सञ्चारकर्मी वेद भट्ट, सारदा पोखरेल, विकाश पाण्डे पुगेका थिए । विमानस्थलमा राजनीतिकर्मी राजन पौडेल, प्रेम बराल, शोभा कार्की लगायत पुगेका थिए ।
पत्रकार देउजाले सहयोगी तथा शुभचिन्तकहरुलाई धन्यवाद दिदै अब थप शसक्त रुपमा पत्रकारितमा क्रियाशिल हुने प्रतिकृया दिएका छन् ।
















