सिमरामा भारतीय हस्तक्षेपविरुद्ध जनमोर्चाको विरोध सभा
ए वान डेस्क /
राष्ट्रिय जनमोर्चा बाराले भारतीय हस्तक्षेपविरुद्ध बाराको सिमरामा विरोध सभाको आयोजना गरेको छ । भारतीय हस्तक्षेपको विरोध गरौ, राष्ट्रिय स्वाधिनताको रक्षा गरौ भन्ने नाराका साथ जनमोर्चाले सिमरामा विरोध सभाको आयोजना गरेको हो ।
विरोधसभा मार्फत जनमोर्चाले कालापानी, लिम्पीयाधुरा र लिपुलेकको रक्षा गर्न सरकारसंग माग गरेको थियो । सिमरा चोकमा आयोजित विरोध सभामा जनमोर्चाका नेताहरुले देशको स्वाधिनताको रक्षा गर्न सरकार अग्रसर हुनुपर्ने बताए ।
कालापनी, लिम्पीयाधुरा र लिपुलेकको बिषयमा सरकार गंभिर हुनुपर्ने जनमोर्चाका नेता कर्ण थापाले बताउनुभयो । कार्यक्रममा जनमोर्चाका नेता कार्यकर्ताको उपस्थिति रहेको नेता हरि सापकोटाले जानकारी दिनुभयो ।















