प्रचण्डको साथमा मन्त्रीको ‘जम्बो टोलि’ निजगढ आउने
ए वान डेस्क /
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुस्पकमल दहाल प्रचण्ड सहित संघिय सरकारका पाच जना मन्त्री बाराको निजगढ आउने भएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश २ कमिटीले आयोजना गर्न लागेको राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक र निजगढ अन्र्तराष्ट्रिय बिमानास्थल सम्बन्धि बिशाल जनसभा र अन्तर्कृया कार्यक्रममा सहभागि हुन प्रचण्डसहित ५ पाच जना मन्त्री निजगढ आउन लागेका हुन् ।
यसरी पूर्वप्रधानमन्त्री प्रचण्डको साथमा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, उर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पुर्वाधार तथा यातायात मन्त्री रुघुवीर महासेठ र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादब निजगढ आउदैछन् । सो कार्यक्रम मंसिर १० गते निजगढ–९ स्थित शहीद हिरालाल रंगशालामा दिउसो १२ बजे हुने नेकपा प्रदेश कमिटि सदस्य रविराज दंगालले जानकारी दिनुभयो ।
प्रदेश २ का राष्ट्रिय गौररबको आयोजना फास्ट ट्रयाक, विमानस्थलसहित पूर्वपश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, सिमराको आर्थिक विशेष आर्थिक क्षेत्र (सेज)को बारेमा समेत प्रगति विवरणसहित सम्बोधन गर्ने कार्यक्रम रहेको दंगालले जानकारी दिनुभयो ।
यसैविच प्रदेश कमिटीको निजगढस्थित होटल हेभनमा आयोजित बैंठकले जनसभाको तयारी सुरु गरेको छ । प्रदेश अध्यक्ष प्रभु साहको अध्यक्षतामा भएको बैठकले जनसभा तयारीका लागि व्यवस्थापन उपसमिति गठन गरिएको थियो । बैठकले सभामा प्रदेश २ का ८ वटै जिल्लाबाट जनसहभागिता गराउने भएको छ ।
बैठकमा प्रदेश सचिव सुमन प्याकुरेल, केन्द्रिय सदस्य बलविर चौधरी, ज्वाला साह, बारा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिल लगायत बाराबाट प्रदेश कमिटीमा आवद्ध प्रदेश सदस्यहरुको सहभागिता रहेको थियो । यसैविच सोही दिन फास्टट्रयाक र बिमानास्थल निर्माणको लागि दबाबमूलक निजगढ–काठमाण्डौं फास्टट्रयाक पैदल यात्रा गरेका अभियन्ताहरुलाई पुर्व प्रधानमन्त्री प्रचण्डले सम्मान गर्ने कार्यक्रम समेत बनेको छ ।















