पञ्चबर्षिय गढिमाई मेला आजदेखि शुरु, सुरक्षा व्यवस्था कडा
ए वान डेस्क /
विश्व प्रशिद्ध गढिमाई मेला आजदेखि शुरु भएको छ । प्रत्येक पँच वर्षमा लाग्ने मेला आजदेखि बाराको बरियारपुरमा शुरु भएको हो । आजदेखि शुरु भएको मेला मंसिर महिनासम्म चल्नेछ ।
दक्षिण एसियामै सबैभन्दा बढि बलि चढ्ने मेलाको रुपमा प्रख्यात यस मेलामा लाखौ दर्शनार्थीहरु आउन आयोजकले जनाएको छ । मेलामा मंसिर १७ गते बलिदेखि बढि शुरु हुनेसमेत आयोजकले जनाएको छ । अत्याधिक मात्रामा बली हुँने हुँदा राँगाको बली तोकिएको स्थानमा र अन्य पशुको बलि मन्दिर परिसरबाट ९ की.मी.लाई मानिएको छ ।
भने बली पनि भाकल गर्नेहरुले आँफुलाई पायक पर्ने स्थानमा दिने चलन रहि आएको छ । १७ र १८ गते लाई वली चडाउने दिन तोकिएको छ । मंदिरका मुल पुजारी मंगल चौधरीका अनुसार मंसिर १७ गते राती १२ बजे पछि नर बली स्वरुप तान्त्रिकले निधार , जिब्रो , कान र छातीबाट एक एक थोपा रगत चढाए पछि बत्ति आफै प्रज्वोलीत भई बिधिवत तरिकाले कार्यक्रम अगाडी बढ्नेछ ।
शान्तिपूर्ण रुपमा मेला सम्पन्न गर्नका लागि यात्रुहरुको व्यवस्थालाई सहज बनाउन आवश्यक्ता अनुसार नेपाल प्रहरी , सशस्त्र प्रहरी र राष्ट्रिय अनुसान्धानलाई खटाएर सुरक्षा मिलाईएको बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।















