औराहमा ३ दिने निशुल्क स्वास्थ्य शिविर हुने
जीतपुरसिमरा उपमहानगरपलिका वडा नम्बर ४ औराहमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । वडा नम्बर ४ को आयोजना तथा त्रिपुरेश्वर आखा अस्पतालको समन्वयमा निशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।
स्वास्थ्य शिविर यही मंसिर ८, ९ र १० गते औराहमा हुने वडा नम्बर ४ का वडा अध्यक्ष ईश्वर के.सीले जानकारी दिनुभयो । शिविरमा निशुल्क औषधी वितरण गरिनुका साथै आवश्यक्ता अनुसार शल्यक्रिया (अप्रेसन) पनि गरिने वडा अध्यक्ष के.सीले बताउनुभयो ।
अध्यक्ष के.सीले स्वास्थ्य शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन सबैलाई आग्रह गर्नुभयो ।















