औराहमा ३ दिने आखा शिविर शुरु, एकैदिन ३८० जनाद्धारा आखा परिक्षण

ए वान डेस्क
८ मंसिर २०७६, आईतवार १९:३५

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहमा ३ दिने आखा शिविर शुरु भएको छ । वडा नम्बर ४ को आयोजना तथा नेपाल आखा अस्पताल त्रिपुरेश्वरको समन्वयमा आजदेखि औराहामा ३ दिने आखा शिविर शुरु भएको हो ।

औराहमा रहेको नेपाल राष्ट्रिय माद्ययमिक बिद्यालयमा शुरु भएको शिविरको एक कार्यक्रमकाबिच नेपाल आखा अस्पताल त्रिपुरेश्वरका बरिष्ठ नेत्ररोग बिशेषज्ञ डा. कमल बहादुर खड्काले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका पदाधिकारी, शिक्षक, बुद्धिजिवि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य अमिताभ चौधरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । वडा नम्बर ४ का वडा अध्यक्ष ईश्वर के.सीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । शिविरान निशुल्क औषधी र सल्यक्रिया समेत गर्न लागिएको छ । सबै सेवा एकैथलोबाट निशुल्क पाउने हुदा यसको प्रत्यक्ष रुपमा लाभ लिन वडा अध्यक्ष के.सीले सबैलाई आग्रह गर्नुभया ।

शिविरमा आज पहिलो दिन ३८० जनाले आखा परिक्षण गराएका छन् । जसमध्य २१ जनाको शिविर स्थलमै शल्यक्रिया गरिएको वडा अध्यक्ष के.सीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*