अमलेखगञ्जमा ‘भ्रमण बर्ष’ को तयारी : यस्तो छ कार्यक्रम

ए वान डेस्क
१० पुष २०७६, बिहीबार १३:११

ए वान डेस्क /

नेपाल भ्रमण बर्ष २०२० को अवसरमा बाराको अमलेखगञ्जमा बिशेष कार्यक्रमको आयोजना गरिने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ को आयोजनामा अमलेगखञ्जमा भ्रमण बर्ष २०२० को अवसरमा स्वागत समारोह आयोजना गर्ने तयारी गरिएको हो ।

भ्रमण बर्ष २०२० को अवसरमा पुष १६ गते बिशेष स्वागत समारोह आयोजना गर्ने तयारी भईरहेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरीले जानकारी दिनुभयो । अमलेखगञ्जको हात्तिसारस्थित पिक्निक क्षेत्रमा हुने कार्यक्रमको तयारी तिब्र रुपमा भईरहेको छ ।

स्वागत समारोहलाई सफल बनाउन मुल समारोह समित गठन गरिएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाउने अध्यक्ष ठकुरीले बताउनुभयो ।

यस्तो छ कार्यक्रम

भ्रमण बर्ष २०२० लाई सफल पारौ, पर्यटन प्रवद्र्धन गरौ

भ्रमण बर्ष २०२० को अवसरमा आयोजित स्वागत समारोह
स्थान  : हात्तिसार पिक्निक स्पोर्ट, अमलेखगञ्ज
भ्रमण बर्ष २०२० (२०७६ पुष १६ गते) को कार्यक्रम तालिका
बिहान १० बजे : उद्घाटन कार्यक्रम
बिहान ११ बजे : अमलेखगञ्जको डकुमेन्ट्रि बिमोचन कार्यक्रम
बिहान ११ः३० बजे : पर्यटन प्रवद्र्धन सम्बन्धी अन्र्तक्रिया
दिउसो १२ बजे : अमलेखगञ्जको गित बिमोचन कार्यक्रम
दिउसो १ बजेदेखि साझ ५ बजेसम्म : सास्कृतीक कार्यक्रम
(राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती)
आयोजक : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ को कार्यालय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*