पर्यटकीय नगरी अमलेखगञ्जमा ‘झोलुंगे पुल’ को शिलन्यास
बाराको पर्यटकीय नगरी अमलेखगञ्जमा आज झोलुंगे पुलको शिलन्यास गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ र २२ लाई जोडने झोलुंगे पुलको आज शिलन्यास गरिएको हो । आज बिहान आयोजित एक कार्यक्रमकाबिच वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरी र २२ का अध्यक्ष मणिकलाल थिङ्गले संयुक्त रुपमा झोलुंगे पुलको शिलन्यास गर्नुभयो ।
संघिय सरकारको २ करोड ७३ लाख रुपैयाको बजेटमा निर्माण हुन लागेको झोलुंगे पुल १४२ मि. लम्बाई र २३.२९ मि. उचाईको हुने बुझिएको छ । गत आर्थिक बर्ष २०७४÷०७५ को संघिय सरकारको बजेट बिनियोजनका क्रममा झोलुंगे पुलपनि पारित गरिएको थियो । वडा नम्बर २१ र २२ लाई जोड्ने गरी झोलुंगे पुलको निर्माण गर्न २०७२ सालमा श्री प्रसाद जगेबु स्थानीय विकास मन्त्रालयका राज्यमन्त्री हुदा अमलेखगञ्जबाट प्रस्ताव पेश गरिएको थियो ।
नेपाल फुलबारी स्वर्णिम अन्सुमन जे.बि काठमाण्डौले निर्माण गरिरहेको झोलुंगे पुल ६ महिनाभित्र तयार भई सञ्चालनमा आउने वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरीले जानकारी दिनुभयो । हेल्भिटासको सहकार्यमा निर्माण भईरहेको पुलले वडा नम्बर २१ र २२ लाई मात्र नभई निजगढ, मकवानपुर लगायतका बिभिन्न क्ष्ँेत्रलाई बिशेष टेवा पुग्ने अध्यक्ष ठकुरीले बताउनुभयो ।

शिलन्यास कार्यक्रममा वडा नम्बर २१ का वडा सदस्यहरु प्रेमा बल, गंगा बिक, गंभिर नेपाली, राजेन्द्र बस्नेत, वडा नम्बर २२ का वडा सदस्यहरु सुर्य ब. थिङ्ग, ठुलिमाया थिङ्ग, भेषनाथ लम्साल, वडा सचिव बालाराम खड्का, ललिता जंर्गा, फुलमाया रुम्बा लगायत स्थानीयको उपस्थिति रहेको थियो ।















