सिमरामा सरोकारवालाहरुले भने : ‘पर्यटकको सुरक्षामा हामी गंभिर छौ’

ए वान डेस्क
२८ पुष २०७६, सोमबार २१:१९

बाराका सरोकारवालाहरुले पर्यटकको सुरक्षाको सम्बन्धमा आफुहरु गंभिर रहेको बताएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिमरामा पर्यटन व्यवसायी तथा पर्यटकको सुरक्षा चुनौति बिषयक अन्र्तक्रिया कार्यक्रम बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

होटल तथा पर्यटन व्यवसायी संघ बाराको आयोजना तथा ईलाका प्रहरी कार्यालय सिमरासंगको सहकार्यमा आयोजना गरिएको कार्यक्रम सिमरास्थित सिमरा ईन होटलमा सम्पन्न भएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाकासंगको सहकार्यमा भएको कार्यक्रमको बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बिश्वकर्माले बारालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै क्षेत्र र निकाय एक हुनुपर्नेमा जोड दिनुभयो । ‘सबै स्थानीय तहसंग समन्वय गरेर हामीले पर्यटनको गतिविधि अघि बढाउनुपर्छ, त्यसो भयो भने पर्यटक ल्याउन सकिन्छ’ उहाले भन्नुभयो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सिता गुरुङ्गले पर्यटकलाई सुरक्षाको प्रत्याभुति दिलाउने काम सबैको भएको बताउनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले पर्यटन प्रवद्र्धनको निम्ति सदैव हातेमालो गर्न तत्पर रहेको बताउनुभयो । निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनालले पर्यटकको सुरक्षा सम्बन्धमा आफुहरु सधै गंभिर रहेको बताउनुभयो । बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले भन्नुभयो ‘ढुक्क हुनुस््, पर्यटलाई सुरक्षा दिने काम हाम्रो हो, हामी त्यसमा प्रतिवद्ध र गंभिर छौ’ । बरिष्ठ पर्यटन व्यवसायी एवं चलचित्रकर्मी युवराज लामाले पर्यटकलाई सुरक्षित वातावरणको आभाष दिलाउने कार्यमा सबै अग्रसर हुनुपर्ने बताउनुभयो ।

ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरे, डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर आलम, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ का प्रमुख श्याम महत्तो, बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्र, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरी, औद्योगिक सुरक्षा सुरक्षा गुल्म औराहका प्रहरी राज कु. श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका निमित्त प्रमुख दिपक चौधरी लगायतको उपस्थिति रहेको थियो ।

होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघ बाराका सञ्चार संयोजक प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रममा ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पर्यटकको सुरक्षा सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो भने सञ्चारकर्मी महेश्वर अधिकारीले बाराका पर्यटकीय क्षेत्रलाई समेटेर तयार पारिएको बृत्तचित्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमकाबिच पर्यटकहरुको लागी तयार पारिएको सुचना ब्यानर प्रदर्शन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*