बारामा नेकपाद्धारा ५० घर परिवारलाई कम्बल वितरण

ए वान डेस्क
२८ पुष २०७६, सोमबार २२:२६

नेपाल कम्युनिष्ट पार्टी नेकपाले बाराको प्रसौनीमा आज जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको छ । प्रसौनी ५ प्रस्टोका ६ बेलहियाले आयोजना गरेको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको हो ।

पछिल्लो केहिदिन यता अत्याधिक चिसो बढेपछि जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको नेकपाका युवा नेता उमेश कुशुवाहाले ए वान समाचारलाई जानकारी दिनुभयो । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपाका बारा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा युवा संघ बाराका सह संयोजक अर्जुन शर्मा, भागवती न्यौपाने, महेस बिक, बिनोद पटेल, सतोष साह, प्रदिप कुमार साह, नरेस साह, लाल बाबु मुखिया, नरेश मन्डल, बैजनाथ मधेसी, ललिन्द्र पटेल लगायतको उपस्थिति रहेको थियो । नेकपाका नेता सतोष कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन यादव मडलले गर्नुभएको थियो ।

कार्यक्रमकाबिच ५० घर परिवारलाई कम्बल वितरण गरिएको नेता कुशुवाहाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*