यस्तो पो जन्मदिन ! आलमले आश्रममा साटे खुशि

ए वान डेस्क
२८ पुष २०७६, सोमबार २३:०४

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नं. २ का सचिव तबरेज आलमले मानवसेवा आश्रममा विरगञ्जमा आज आफ्नो जन्मदिन मनाउनुभएको छ । होटल व्यवसायी संघ पर्साका महासचिव समेत रहनुभएका आलमले आश्रममा आज आफ्नो जन्मदिन मनाउनुभएको हो ।

आश्रममा रहेकाहरुसंग खुशि साटासाट गरी आलमले आफ्नो ३२औं जन्मदिन मनाउनुभएको हो । सो अवसरमा उहाले बिस्कुट, चाउचाउ, दाल, तेल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गर्नुभएको थियो ।

खाद्यान्न वितरण कार्यक्रममा पर्यटन वर्ष २०२० समन्वय समिति पर्साका संयोजक बिनोन चौधरी, होटल व्यवसायी संघ पर्साका सहसचिव गुञ्जन पटेल, कलैया सिटी जेसिज वर्ष २०१९ का अध्यक्ष राजेश कुशवाहा, बिकास गुप्ता, सञ्चारकर्मी श्रवण प्रसाद साह, अजय चौरसिया, आसु सर्राफ, दिपेन्द्र गिरी, मुन्ना कुमार लगायतको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*