सिमराको सम्झौता टोलमा ‘श्रीमद्भागवत सप्ताह’ हुने

ए वान डेस्क
२ माघ २०७६, बिहीबार १६:४९

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा श्रीमद््भागवत सप्ताह ज्ञान पितृमुक्ति ज्ञान महायज्ञ हुने भएको छ । आयोजक गढिमाई तथा सिद्धेश्वर महादेव वन वाटिका सेवा समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञबारे जानकारी दिएको हो ।

सिमराको सम्झौता टोलमा रहेको गढिमाई तथा सिद्धेश्वर महादेव मन्दिरको प्राङ्गणमा हुने महायज्ञ यही माघ १५ गतेदेखि शुरु हुदैछ । माघ २२ गतेसम्म चल्ने महायज्ञमा युवा पण्डित सुदर्शन चालिसेले कथा वाचन गर्नुहुनेछ । पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल आयोजक समारोह समितिका संयोजक चन्द्रप्रसाद आचार्यले मन्दिर आसपासको क्ष्ँेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

सो महायज्ञको अध्यात्म कल्याणकारी समाज नेपालले संयोजन गरेको छ । महायज्ञमा प्रत्यक दिन पुजन हवन पाठपारायण, कथा वाचन, महात्म्य कथा, भजन कीर्तन, झाकी प्रदर्शन गरिने संयोजक आचार्यले जानकारी दिनुभयो । महायज्ञको २१ गते तिलार्चन तथा लाखबत्ती प्रज्वलन तथा माघ २२ गते पुर्णहुती तथा यज्ञ विसर्जन गरिने आयोजकले जनाएको छ ।

महायज्ञमा तुलादान, जग्गादान, अन्नदान आदी गर्न सकिने संयोजक आचार्यले बताउनुभयो । साथै वस्तुको मुल्यांकन अनुसार सम्मान गर्ने कार्यक्रमपनि रहेको आचार्यले जानकारी दिनुभयो । उहाले महायज्ञलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष अनन्तराज पौडेल, सल्लाहकार कृष्ण प्रसाद घिमिरे, ईन्दिरा धिताल, कबिता थापा, शेखर लामा लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*