सिमरामा ‘बुलेट ग्यास’ लिक : १ घण्टापछि नियन्त्रणमा

ए वान डेस्क
२ माघ २०७६, बिहीबार २०:३९

ए वान डेस्क /

बाराको सिमरामा लिक भएको बुलेट ग्यास १ घण्टापछि नियन्त्रणमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिमराको सुर्य नेपाल अगाडी ग्यास लिक भएको थियो ।

ग्यास बुलेट लिक हुदा पथलैया विरगञ्ज सडक खण्ड अवरुद्ध भएको थियो । ग्यास लिक भएपछि पथलैयाको मुख्य चोक र जीतपुरको रातो पुलमा सवारी साधन आवत जावतमा रोक लगाईएको थियो ।

बुलेट ग्यास नियन्त्रणमा लिन प्राविधिकहरु झन्डै आधा घण्टादेखि खटिएका थिए । बुलेट ग्यास लिक भएपछि सिमराका स्थानीयवासी त्रसित भएका थिए ।

ग्यास नियन्त्रणमा आएपछि अहिले पथलैया विरगञ्ज सडक खण्डमा सवारी साधन सुचारु भएकोा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*