सरस्वती पुजामा ‘झुम्यो अमलेखगञ्ज’

ए वान डेस्क
१७ माघ २०७६, शुक्रबार १३:४६

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उप–महनगरपालिका वडा नम्बर २१ अमलेगखञ्जमा रहेको नेपाल राष्ट्रिय माद्ययमिक बिद्यालयमा बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बिद्याकी देवी सरस्वती माताको प्राण स्थापनाको अवसर पारेर बिद्यालयले सास्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

सरस्वती पुजाको अवसरमा आयोजित सास्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए । राष्ट्रिय कलाकारहरुको प्रस्तुतीमा अमलेखगञ्ज झुमेको थियो । सो अवसरमा गायक विकास पाण्डे, गायक देवेन्द्र कार्की र गायक प्रमोद जख्मीले आफ्नो प्रस्तुती देखाएका थिए ।

कार्यक्रममा राष्ट्रिय कलाकारसंगै बिद्यार्थीहरुले समेत आफ्नो प्रस्तुती देखाएका बिद्यालयका प्रधानाध्यापक प्रबिन काफ्लेले जानकारी दिनुभयो । सास्कृतिक कार्यक्रमअघि आयोजित कार्यक्रममा वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरी, २२ का वडा अध्यक्ष मणिकलाल थिङ्ग, वडा सदस्यहरु प्रेमा बल, गंभिर नेपाली, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*