सिमरामा ‘श्रीमद्भागवत सप्ताह’ : फोटोमा हेर्नुहोस् तेस्रो दिन
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरामा जारी श्रीमद््भागवत सप्ताह पितृमुक्ति ज्ञान महायज्ञको आज तेस्रो दिन । गढिमाई तथा सिद्धेश्वर महादेव वन वाटिका सेवा समितिको आयोजनामा सिमरास्थित सम्झौटा टोलमा जारी महायज्ञको तेस्रो दिनसम्म २६ लाख रकम दान संकलन भएको छ ।
जसअनुसार जीतपुरसिमरा उपमहानगरपालिकाबाट १० लाख, प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माबाट ५ लाख, प्रदेशसभा सदस्य सिता गुरुङ्गबाट २ लाख ५० हजार, प्रदेशसभा सदस्य शोभा लामाबाट २ लाख ५० हजार, वडा नम्बर २ को कार्यालयबाट ५ लाख गरी २५ लाख रुपैया दिने गरी घोषणा गरिएको छ । त्यसबाहेक दाताहरुबाट १ लाख पाच हजार रकम नगद संकलन भएको मुल आयोजक समारोह समितिका संयोजक अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो ।
सिमराको सम्झौता टोलमा रहेको गढिमाई तथा सिद्धेश्वर महादेव मन्दिरको प्राङ्गणमा हुने महायज्ञ माघ २२ गतेसम्म चल्नेछ । महायज्ञमा युवा पण्डित सुदर्शन चालिसेले कथा वाचन गरिरहनुभएको छ ।
फोटोमा हेर्नुहोस् तेस्रो दिन ।
















