जीतपुरसिमरामा पेस्तोल र गोलीसहित १ जना पक्राउ

ए वान डेस्क
१९ माघ २०७६, आईतवार १७:२३

ए वान डेस्क /

ईलाका प्रहरी कार्यालय सिमराले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ निवासी दिपलाल राम रहेको प्रहरीले जनाएको छ । कार्यालय परिषरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले बिशेष सुचनाको आधारमा रामलाई आफ्नै घरबाट पक्राउ गरिएको बताउनुभयो ।

रामको साथबाट नलकटुवा पेस्तोमा लाग्ने गोली ६ थानपनि बरामद गरिएको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनुभयो । ‘बिशेष सुचनाको आधारमा रामको घरमा खानतलासी गर्दा खाट मुनी लुकाई राखेको अवस्थामा पेस्तोल र गोली बरामद गरिएको हो, त्यो संगै हामीले उनलाई पनि उनकै घरबाट पक्राउ गरेका हौ’ पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक पुरीले भन्नुभयो ।

पक्राउ परेका राम वडा नम्बर ११ निवासी लोप्चन चमारका छोरा हुन् । रामको बिषयमा थप अनुसन्धान भईरहेको पुरीले जानकारी दिनुभयो ।

गाजासहित २ जना पक्राउ

ईलाका प्रहरी कार्यालय सिमराले अबैद्य लागु औषध गाजासहित २ जनालाई पक्राउ गरेको छ । सिमरा र अमलेखगञ्जबाट खटिएको प्रहरी टोलिले अबैद्य लागु औषध गाजासहित २ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनुभयो ।

निजगढ निवासी मंगल सिंह तामाङ्ग र रौतहट निवासी गनहर बैठालाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ बाट पक्राउ गरिएको उहाले बताउनुभयो । ना२०प ७९८२ नम्बर मोटरसाईलमा सवार उनीहरु मध्य मंगल सिंह चालक हुन् ।

उनीहरुको बिषयमा पनि अनुसन्धान भईरहेको पुरीले जानकारी दिनुभयो ।

ठगि गर्ने एक पक्राउ

पत्रकार सम्मेलनमा प्रहरीले ठगि गर्ने एक जनालाई सार्वजनिक गरेको छ । नक्कली नागमणी देखाई सर्वसाधारणलाई ठगि गर्ने कलैया निवासी फुलसरिक मिया धोबिलाई प्रहरीले पक्राउ गरेको हो ।

मियालाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित पथलैयाबाट नियन्त्रणमा लिईएको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*