सम्झौता टोलको ‘श्रीमद्भागवत सप्ताह’ : पाचौ दिनसम्म ३६ लाख संकलन

ए वान डेस्क
२० माघ २०७६, सोमबार ११:३९

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरास्थित सम्झौता टोलमा जारी श्रीमद्भागवत सप्ताह पितृमुक्ति ज्ञान महायज्ञमा अहिलेसम्म ३६ लाख रुपैया संकलन भएको छ । आयोजक गढिमाई तथा सिद्धेश्वर महादेव वन वाटिका सेवा समितिले दिएको जानकारी अनुसार पाचौ दिनसम्म ३६ लाख रुपैया संकलन भएको हो ।

२५ लाख रुपैया घोषणा र ११ लाख रुपैया नगद संकलन भएको आयोजक मुल समारोह समितिका संयोजक अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो । जसअनुसार जीतपुरसिमरा उपमहानगरपालिकाबाट १० लाख, प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माबाट ५ लाख, प्रदेशसभा सदस्य सिता गुरुङ्गबाट २ लाख ५० हजार, प्रदेशसभा सदस्य शोभा लामाबाट २ लाख ५० हजार, वडा नम्बर २ को कार्यालयबाट ५ लाख गरी २५ लाख रुपैया दिने गरी घोषणा गरिएको थियो ।

‘हिजो आईतबार पाचौ दिनसम्म नगद ११ लाख उठेको छ, त्यसबाहेक २५ लाख रुपैया घोषणा भएको थियो’ मुल समारोह समितिका संयोजक श्रेष्ठले भन्नुभयो । गढिमाई तथा सिद्धेश्वर महादेव मन्दिरको प्राङ्गणमा भईरहेको महायज्ञ माघ २२ गतेसम्म चल्नेछ । महायज्ञमा युवा पण्डित सुदर्शन चालिसेले कथा वाचन गरिरहनुभएको छ ।

महायज्ञमा पञ्चमी, ब्रतबन्ध र तुलाधानपनि भोलिसम्म हुने बुझिएको छ ।

महायज्ञको सह संयोजक अध्यात्म कल्याणकारी समाज नेपालले गरेको छ । सो संस्थाका अध्यक्ष श्रीराम खड्का हुनुहुन्छ । उहा भजन गायकसमेत हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*