अमलेखगञ्ज फुटबलमा आकृति क्लब विजयी, सिद्धबाबा ४–१ ले पराजित
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा जारी अमलेखगञ्ज गाउ स्तरीय नक आउट फुटबल प्रतियोगितामा आज आकृती युवा क्लब विजयी भएको छ । अमलेखगञ्ज फुटबल क्लबको आयोजनामा वडा नम्बर २१ को सुनौलो खेल मैदानमा जारी प्रतियोगितामा सिद्ध बाबा युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगिता अन्र्तगत भोलि अमलेखगञ्ज ११ र एभरेष्ट युवा क्लबबिच अन्तिम क्वाटर फाईनल खेल हुने आयोजक क्लबका अध्यक्ष बिस्वास साहले जानकारी दिनुभयो । प्रतियोगिता फागुन २ गतेसम्म चल्नेछ । प्रतियोगिता ११ वटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको बिजेताले १० हजार र उप बिजेताले ५ हजार रुपैया पाउने अध्यक्ष साहले जानकारी दिनुभयो ।















