राजु अधिकारी बने जनता माबिको प्रधानाध्यापक

ए वान डेस्क
२८ माघ २०७६, मंगलवार १५:०५

ए वान डेस्क /

लामो समयदेखि शिक्षण पेशामा आबद्ध शिक्षक राजु प्रसाद अधिकारी जनता जनता माध्यमिक बिद्यालय कृषि प्राविधिक शिक्षालयको प्रधानाध्यापक नियुक्त हुनुभएको छ । बिद्यालय व्यवस्थापन समितिको बैठकले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको बिद्यालयमा अधिकारीलाई प्रधानाध्यापक नियुक्त गरेको हो ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन बाराका अध्यक्ष समेत रहनुभएका अधिकारीलाई प्रधानाध्यापक नियुक्त गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण बर्तौलाले जानकारी दिनुभयो । अधिकारी शिक्षण पेशामा आबद्ध हुनुभएको २० बर्ष पुरा भयो । उहा यसअघि २०६८ सालदेखि ०७२ सम्म प्लस टु को संयोजक हुनुहुन्थ्यो ।

त्यसपछि ०७२ देखि ०७३ सम्म सो बिद्यालयमा प्रधानाध्यापक रहनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*