राजन भट्राईको कृति : ‘अनमोल पाईला’ पढ्नुभयो ?
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ निवासी कुल बहादुर भट्राई (राजन) द्धारा लिखित ‘अनमोल पाईला’ नाम कृतिको बिमोचन गरिएको छ । एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर ब. बिश्वकर्माले सो कृतिको बिमोचन गर्नुभएको हो ।
कृतिमा मानव जिवनसंग सम्बन्धीत महत्वपुर्ण भनाईहरु समावेश गरिएको कृतिमा परिवार, समाज प्रतिको उत्तदायित्व, सकारात्मक वचार एवं सिद्धान्तलाई समावेश गरिएको छ । कृतिमा आफुले अध्यन गरेको र जीवनका भोगाई समावेश गरिएको लेखक भट्राईले ए वान समाचारसंग भन्नुभयो ।
तपाईले साहित्यकार कुल बहादुर भट्राई (राजन) को कृति अनमोल पाईला पढ्नुभयो ? पढ्नुभएको छैन् भने पढ्नुहोस् । अनमोल पाईला नामक कृतिमा जिवनसंग सम्बन्धीत बिषयहरु समावेश गरिएको हुदा अध्यन गर्न समेत उहाले सबैलाई आग्रह गर्नुभयो ।















