अमलेखगञ्ज फुटबल : सिद्धबाबा फाईलनमा, एभरेष्ट पराजित
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा जारी अमलेखगञ्ज गाउ स्तरीय नक आउट फुटबल प्रतियोगितामा सिद्धबाबा युवा क्लब ए फाईनलमा प्रवेश गरेको छ । अमलेखगञ्ज फुटबल क्लबको आयोजनामा वडा नम्बर २१ को सुनौलो खेल मैदानमा जारी प्रतियोगितामा सिद्ध बाबा युवा क्लब ए फाईनलमा प्रवेश गरेको हो ।
आज भएको खेलमा एभरेष्ट युवा क्लबलाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सिद्धबाबा युवा क्लब ए फाईनलमा प्रवेश गरेको हो । प्रतियोगिता अन्र्तगत भोलि हुने अन्तिम सेमिफाईनल खेलमा तुम युवा क्लब र आर्मिको जंगल वार फेयरबिच भिडन्त हुने आयोजक अमलेखगञ्ज युवा क्लबका अध्यक्ष बिस्वास साहले जानकारी दिनुभयो ।
भोलि विजयी हुने टिमले उपाधीका लागी फागुन २ गते फाईनल खेल खेल्नुपर्ने हुन्छ । प्रतियोगिता ११ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले १० हजार र उप बिजेताले ५ हजार रुपैया पाउने अध्यक्ष साहले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट हुने म्यान अफ द म्याच, हाईस्कोर, बेस्टकप, बेस्ट किपर, बेस्ट डिफेन्डर, बेस्ट स्टाईकर आदीलाई पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष साहले बताउनुभयो ।
प्रतियोगितामा सिद्ध बाबा युवा क्लब, तमु युवा क्लब ए, एन.जि स्टार क्लब, एभरेष्ट युवा क्लब,, अमलेखगञ्ज ११, साहारा युवा क्लब, जंगल वार फेयर शिक्षालय, दक्षिणकालि युवा क्लब, तमुल युवा क्लब बि, आकृती युवा क्लब र सिद्ध बाबा युवा क्लबको सहभागिता रहेको छ ।















